प्रदेश नं १ का मुख्यमन्त्रीद्वारा भोजपुर-टक्सार विमानस्थलसम्मको सडक कालोपत्र गर्न शिलान्यास

प्रदेश नं १ का मुख्यमन्त्रीद्वारा भोजपुर-टक्सार विमानस्थलसम्मको सडक कालोपत्र गर्न शिलान्यास

भोजपुर, वैशाख ८।

सदरमुकामबाट टक्सार विमानस्थलसम्मको सडक कालोपत्र गर्नका लागि शिलान्यास गरिएको छ । सडकको प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले शनिबार शिलान्यास गर्नुभएको हो ।

प्रदेश सरकारको कार्यक्रमअनुसार पूर्वाधार विकास कार्यालय भोजपुर अन्तर्गत रु १३ करोड ५३ लाख ५८ हजार २२७ लागतमा सडक कालोपत्र गरिने पूर्वाधार विकास कार्यालय भोजपुरका प्रमुख राजनराज रेड्डीले जानकारी दिनुभयो ।

पाँच किलोमिटर लम्बाइ रहेको सो सडकको डेढ वर्षभित्र कालोपत्र सम्पन्न हुने जनाइएको छ । सडक निर्माणका लागि ठेकेदार कम्पनी रायमाझी–जगदम्बा–मार्सेली जेभीसँग सम्झौता गरिएको छ । सडक निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनीका प्रतिनिधि श्यामकुमार श्रेष्ठले आफूले समयमै गुणस्तरीय काम सम्पन्न गर्ने सार्वजनिक प्रतिबद्धता जनाउनुभएको छ । उहाँले निर्माणको काम समयमै सम्पन्न गराउन सबै पक्षले सहयोग र निगरानी गर्न आग्रह गर्नुभयो । (रासस)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्