ओखलढुंगा महोत्सव: दैनिक १० हजारको अवलोकन ,एक करोडभन्दा बढीको कारोबारको लक्ष्य

ओखलढुंगा महोत्सव: दैनिक १० हजारको अवलोकन ,एक करोडभन्दा बढीको कारोबारको लक्ष्य

ओखलढुंगा बैशाख ८  । ओखलढुंगामा जारी प्रथम ओखलढुंगा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महोत्सवमा स्थानीय तथा हस्तकलाका सामग्रीमा उपभोक्ताको भीड लागेको छ । महोत्सव चैत ३० गतेदेखि सुरु भएको हो ।

ओखलढुंगाको उद्योग, व्यापार, पर्यटन, जडीबुटी तथा कृषि उद्यमलाई विकसित गर्दै समृद्ध ओखलढुंगा निर्माण अभियानमा टेवा पुर्‍याउने उद्देश्यका साथ ओखलढुंगा उद्योग वाणिज्य संघद्वारा आयोजित महोत्सव वैशाख १० गतेसम्म चल्ने जनाइएको छ ।

महोत्सवमा औद्योगिक तथा कृषि प्रदर्शनी, विभिन्न जातजातिका झाँकी प्रदर्शनी, सांगीतिक कार्यक्रम, प्याराग्लाइडिङ, स्वास्थ्य शिविरलगायतका आकर्षण रहेका छन् । महोत्सवमा दैनिक ८ देखि १० हजारले अवलोकन गरेको र एक करोडभन्दा बढीको कारोबार हुने संघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्