आईपीएल अपडेट : रोयल च्यालेन्जर्स बैंगलोरको एक रनको रोमान्चक जित

आईपीएल अपडेट : रोयल च्यालेन्जर्स बैंगलोरको एक रनको रोमान्चक जित

काठमाडौं  । १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले तेस्रो जित हात पारेको छ ।

आइतबार बैंगलोरस्थित चिन्नास्वामी स्टेडियममा भएको खेलमा बैंग्लोरले शीर्ष स्थानको चेन्‍नई सुपर किङ्सलाई १ रनले पराजित गरेको छ ।टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले बैंगलोरले दिएको १ सय ६२ रनको लक्ष्य पछाएको चेन्‍नईले २० ओभरमा ८ विकेट गुमाएर १६० रन मात्र बनाउन सक्यो । चेन्‍नईका लागि कप्तान महेन्द्र सिंह धोनीले सर्वाधिक ८४ रन्को अर्धशतकीय पारी खेलेपनि जितका लागि पर्याप्त भएन । धोनीले ४८ बलमा ५ चौका र ७ छक्का प्रहार गरे । त्यस्तै अम्बाती रायडुले २९ तथा रविन्द्र जडेजाले ११ रन बनाए  ।

बैंग्लोरका डेल स्टेन र उमेश यादबले २/२ विकेट लिए । यसअघि निर्धारित २० ओभर खेल्दै ७ विकेट गुमाएर १६१ रन बनाएको थियो । बैंगलोरका लागि पृथ्वी पटेलले ५३ रन, मोइन अलिले २६, एबी डी भिलियर्सले २५ र आकाश दिप नाथले २४ रन बनाएका थिए ।

चेन्‍नईका दिपक चाहर, ड्याने ब्राभो र रविन्द्र जडेजाले २/२ विकेट लिए ।बैंग्लोरले १० खेलबाट ६ अंक जोडेको छ भने पराजित चेन्नई शीर्ष स्थानमा यथावत रहेको छ । चेन्नईले १० खेलबाट १४ अंक जोडेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्