पथरीमा रिनाको हत्याको विरोधमा यातायात बन्द , प्रदर्शनमा उत्रिए स्थानीय

पथरीमा रिनाको हत्याको विरोधमा यातायात बन्द , प्रदर्शनमा उत्रिए स्थानीय

पथरी बैशाख ९,
शुक्रबार राति पथरी १ मा कस्मेटिक पसल सञ्चालन गर्दै आएकी २९ बर्षिया रिना बस्नेतको हत्यामा संलग्नलाई पक्राउ गरी कारबाही नगरेको भन्दै पथरीमा प्रदर्शन सुुुुरु भएको छ। प्रर्दशनमा उत्रिएका स्थानीयले नाराबाजी सहित राजमार्ग बन्द गरेका छन ।

शनिबार बिहान नग्न अबस्थामा मृत भेटिएकी बस्नेतको हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गर्न नसकेको भन्दै उनीहरु आन्दोलित भएका हुन ।
यसअघि पनि पथरीमा भएका पाँच वटा घटनामा संलग्नलाई प्रहरीले पक्राउ गर्न सकेको छैन । ईलाका प्रहरी कार्यलय पथरीका प्रहरी निरिक्षक कमल बजगाँई बिरुद्ध समेत स्थानीयले नाराबाजी गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्