बिराटनगर बैशाख ९ ,
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सबै जिल्लाको अध्यक्ष र सचिवको टुङ्गो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बेलुकी बसेको सचिवालय बैठकले जिल्ला कमिटीका अध्यक्ष र सचिवको टुङ्गो लगाएको हो ।
पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले ७७ वटै जिल्लाको जिल्ला कमिटीका अध्यक्ष र सचिवको टुङ्गो लागेको जानकारी दिनुभयो ।
मोरङको जिल्ला अध्यक्षमा बिनोद ढकाल र जिल्ला साचिवमा गोपी अछामी चयन भएका छन् ।