आईपीएल अपडेट : दिल्ली क्यापिटल्सको खेल आज , सन्दिप खेल्ने प्रबल सम्भावना

आईपीएल अपडेट : दिल्ली क्यापिटल्सको खेल आज , सन्दिप खेल्ने प्रबल सम्भावना

एजेन्सी ।

नेपाली युवा लेगस्पिनर सन्दीप लामिछाने आबद्ध दिल्ली क्यापिटल्स इन्डियन प्रिमिएर लिग क्रिकेटमा आज राजस्थान रोयल्सको सामना गर्दैछ । आईपीएलको ४० औं र आफ्नो ११ औं खेलमा दिल्लीले राजस्थानको सामना गर्न लागेको हो । राजस्थानको घरेलु मैदान सवाई मानसिंह रंगशालामा खेल नेपाली समयअनुसार बेलुका ८ः१५ बजे सुरु हुनेछ ।

दिल्ली शिर्ष दुईमा स्थान बनाउने रणनीतिका साथ मैदान उत्रिँदैछ भने राजस्थान चौथो जितको खोजीमा छ । ६ खेलमा जित र ४ मा हारको नतिजासहित १० अंकका साथ दिल्ली लिगतालिकाको तेस्रो स्थानमा छ । समान खेलबाट १० अंक रहेको मुम्बई इन्डियन्स रनरेटका आधारमा दोस्रो स्थानमा छ । चेन्नई १४ अंकसहित शिर्षस्थानमा छ । राजस्थान ६ अंकसहित पुछारबाट दोस्रो स्थानमा छ ।

आजको खेलमा दिल्लीले नेपाली युवा लेग स्पिनर लामिछानेलाई प्लेइङ–११ मा समाबवश गर्ने सम्भावना प्रबल छ । किङ्स–११ पन्जाबविरुद्ध ३ विकेट लिएपछि सन्दीप आज पनि टिममा पर्ने सम्भावना बढेको हो । सुरुआती ४ खेलका समावेश भएपनि त्यसपछि ३ खेलमा सन्दीपले निरन्तर टिममा स्थान बनाएका थिएनन् ।

दिल्लीको सम्भावित प्लेइङ–११
शिखर धवन, पृथ्वी शाह, कप्तान श्रेयस ऐयर, रिसभ पन्त, कोलिन इन्ग्राम, अक्सर पटेल, अमित मिश्रा, शेरफन, कागिसो रबडा, इशान्त शर्मा र सन्दीप लामिछाने

राजस्थानको सम्भावित प्लेइङ–११
अजिन्क्या रहाने, सन्जु सामसन, कप्तान स्टेभन स्मिथ, बेन स्ट्रोक्स, रियाल पराग, आसटन टुर्नर अथवा लियम लिभिङस्टोन, स्टुर्ट, जोफ्रा आर्चर, श्रीयस गोपाल, जयदेभ उनाकान्त, धवल कुलकर्नी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्