आईपीएल अपडेट : दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई ६ विकेटले पराजित गर्यो

आईपीएल अपडेट : दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई ६ विकेटले पराजित गर्यो

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत ४० औं खेलमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई ६ विकेटले पराजित गरेको छ । योसँगै राजस्थानको दसुपर फोरमा जाने सम्भावना लगभग समाप्त भएको छ भने दिल्ली क्यापिटल्स अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ ।

घरेलु मैदान जयपुरमा टस हारेर पहिला ब्याटिङ थालेको राजिस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ९१ रन बनायो । त्यसपछि ब्याटिङ उत्रेको दिल्लीले १९ औँ ओभरको दोस्रो बलमा लक्ष्य पुरा गर्याे ।

दिल्लीले ४ विकेट गुमाउदै १९२ रन बनाउनका लागि ४ छक्का र ६ चौकासहित ऋषभ पन्तले ३६ बलमा ७८ रन बनाएर अविजित रहे । त्यस्तै ओपनर शिखर धवनले ५४ र पृथ्वी शाले ४२ रन बनाए । राजस्थानका श्रेयस गोपाल २, धवन कुलकर्णी १ र रियान परागले पनि १ विकेट लिए ।

राजस्थानका लागि ओपनर अजिंक्या रहाणेले शानदार शतक प्रहार गरे । अर्का ओपनर सन्जु स्यामसन शून्यमा रन आउट भए । उनीे ६३ बलमा १०५ रन बनाउँदै अविजित रहे। रहाणेको यो आईपिएलकै दोस्रो शतक हो । रहाणेले ५८ बलमा शतक पुरा गरेका हुन् । त्यस्तै कप्तान स्टिभ स्मिथले ३२ बलमा ५० रन बनाए । दिल्लीका कागीसो रबडाले २, ईशान्त शर्माले एक क्रिस मोरिसले एक र अक्षर पटेलले पनि एक विकेट लिए ।

त्यस्तै १० खेल खेलेको चेन्नई सुपर किंग्सलाई ७ मा जितमा १४ अंकसहित रहेकाबेला पछि पार्दै ११ खेल खेलेको दिल्ली ७ जितमा १४ अंकसहित शीर्ष स्थानमा उक्लिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्