श्रीमतीद्वारा श्रीमानकाे हत्या, श्रीमती फरार

श्रीमतीद्वारा श्रीमानकाे हत्या,  श्रीमती फरार

सुनसरी, १० वैशाख । सुनसरीको इनरुवा नगरपालिका ७ स्थित चादबेलामा श्रीमतीले आफ्नै श्रीमानको हत्या गरेका छन् ।

मुसहरी टोल बस्ने २६ वर्षका मुकेश ऋषिदेवको हत्या उनकै श्रीमती विमला ऋषिदेवले गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्र प्रसाद फुयालले जानकारी दिए ।  घट्ना आइतबार रातीको भएको प्रहरीले जनाएको छ । डिएसपी फुयालका अनुसार मृत मुकेशको टाउकोमा चोट लागेको छ ।

घाटीमा कपडा बेरिएको अवस्थामा शव फेला परेकोले थियो । श्रीमानको हत्यापछि मृतकी श्रीमती  ५ वर्षीया छोरी विमला  र ३ वर्षीय छोरा समेत लिएर फरार भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्