तेह्रथुममा चट्याङको सनसनी : बर्षासंगै खसेको चट्याङबाट साढे १८ लाख बराबरको क्षति

तेह्रथुममा चट्याङको सनसनी : बर्षासंगै खसेको चट्याङबाट साढे १८ लाख बराबरको क्षति

तेह्रथुम, वैशाख १० गते ।

तेह्रथुमको म्याङलुङ नगरपालिका-२ बिजुली अफिस टोलमा सोमवार बर्षासंगै खसेको चट्याङले पदम बहादुर भुजेलको घरमा आगलागी हुँदा अन्दाजी १८ लाख ५५ हजार बराबरको क्षति भएको छ । दिउँसो २ बजे चट्याङ खसेर आगलागी हुँदा भुजेलको ढुंगा, माटोले बनेको टिनको छानो भएको १ तले घर, लत्ताकपडा, भाँडावर्तन, ५ तोला सुनको गहना, १० तोला चाँदिको गहना, फर्निचर, १ थान ल्यापटप, १ थान क्यामेरा सहित अन्दाजी १७ लाख ५५ हजार मूल्य बराबरको क्षति भएको हो भने २ वटा कोठा भाडामा लिएर बस्ने व्यक्तिहरुको अन्दाजी १ लाख बराबरको क्षति भएको हो ।

उक्त आगलागी दमकल प्रहरी र स्थानीयवासीको सहयोगमा दिउँसो सवा ३ बजे पूर्ण रुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्