घटेन बलात्कारका घटना : पाँचथरमा किशोरीलाई जवरजस्ती करणी गरेर भागेका युवा समातिए

घटेन बलात्कारका घटना : पाँचथरमा किशोरीलाई जवरजस्ती करणी गरेर भागेका युवा समातिए

पाँचथर, वैशाख १० गते ।

पाँचथरको हिलिहाङ गाउँपालिका-२ राजाबेशी की १४ बर्षीया किशोरीलाई जवरजस्ती करणी गरेको आरोपमा प्रहरीले १ युवकलाई पक्राउ गरेको छ । करणीको आरोपमा ईलाम देउमाई नगरपालिका-४ मंगलबारे बस्ने वर्ष २३ को समीर राईलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।

राईले किशोरीलाई सोमवार बिहान ७ बजे करणी गरेर भागेको भन्ने सूचनाको आधारमा तत्काल इलाका प्रहरी कार्यालय अमरपुर र प्रहरी चौकी कावेलीबाट खटिएको प्रहरी टोलीले अपरान्ह ५ बजे पक्राउ गरेको हो । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्