मोरङको पथरी तनावग्रस्त :पटकपटक झडप,टियर ग्याँस र हवाई फायर तर अवस्था असामान्य बन्दै

मोरङको पथरी तनावग्रस्त :पटकपटक झडप,टियर ग्याँस र हवाई फायर तर अवस्था असामान्य बन्दै

पथरी बैशाख १० ,

पथरीमा आज बिहानैदेखि तनावग्रस्त वातावरण बन्दै गएको छ ।शनिबार बिहान नग्न अबस्थामा मृत भेटिएकी ब्यबसायी २९ बर्षिया रुपा (रीना) बस्नेतको घटनाको बास्तबिकता सार्बजनिक गर्न माग गर्दै आल्दोलन चर्किएको हो । स्थानीय र प्रहरी बिच पटकपटक झडप भएकाे छ ।

आन्दोलनमा आएका स्थानीयलाइ प्रहरीले बल प्रयाेग गर्न खाेज्दा अवस्था झन असामान्य बन्दै गएकाे हाे ।

प्रहरीको बल प्रयोगले स्थानीय घाइते : 

झडपकाे क्रममा प्रहरीकाे लाठि लागेर पथरी शनिश्चरे १ का जीतबहादुर लावती घाइते भएका छन् । उनकाे टाउकाेकाे पछाडीकाे भागमा चाेट लागेकाे छ । त्यस्तै पथरी ९ की मञ्जु पाैडेल पनि घाइते भएकी छिन । उनलाइ प्रहरीले हानेकाे टियर ग्याँस लागेर घाइते भएकी हुन्र । उनकाे अहिले पथरी अस्पतालमा उपचार भइरहेकाे छ ।

नगरकी उपमेयर पनि टीयर ग्याँस लागेर सामान्य घाइते भएकी छिन ।

बजार पसल शैक्षिकसस्था सबै बन्द : 

पथरीमा विहान ९ बजे देखि बजार पसल बन्द छन भने पूर्व पश्चिम हाइवे खुल्न सकेकाे छैन । सवार साधान वाइपास गरेर गुडिरहेका छन् । पथरीमा शैक्षिकसस्था पनि बन्द रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्