आईपीएल अपडेट : चेन्‍नई सुपर किङ्स शिर्षस्थानमा पुग्यो , हैदरावाद ६ विकेटले पराजित

<span class='c1'>आईपीएल अपडेट : चेन्‍नई सुपर किङ्स शिर्षस्थानमा</span> <span class='c2'>पुग्यो , हैदरावाद ६ विकेटले पराजित</span>

काठमाडौं । १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको ४१ औं खेलमा चेन्‍नई सुपर किङ्सले जित हात पार्दै फेरि शिर्षस्थानमा उक्लिएको छ ।

आईपीएल २०१९ को सिरिजमा निरन्तर एक नम्बरमा रहेको चेन्नई सोमबार दिल्लीले जित निकालेपछि दोस्रो नम्बरमा झरेको थियो । जितसँगै चेन्नईले ११ खेलबाट १६ अंक जोडेको छ । दिल्ली क्यापिटल्सलाई २ अंकले पछि पार्दै चेन्नई शीर्ष स्थानमा उक्लिएको छ ।

चेन्नईस्थित चिदामबराम स्टेडियममा मंगलबार भएको खेलमा सनराईजर्स हैदरावादलाई ६ विकेटले पराजित गरेको हो । हैदरावादले दिएको १ सय  ७६ रनको लक्ष्य चेन्नईले १९ ओभर ५ बलमा मात्र ४ विकेट गुमाएर पुरा गरेको हो ।

चेन्नईको जितमा शेन वाट्सनले ९६ रनको योगदान गरे । शतक बनाउन ४ रनले चुकेका वाट्सनले ५३ बलमा ९ चौका र ६ छक्का प्रहार गरे । यस्तै सुरेश रैनाले ३८ रन जोड्दा अम्बाती रायडुले २१ रन बनाए ।

हैदरावादका राशिद खान, भुवनेश्वर कुमार र सन्दीप शर्माले १/१ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभर खेल्दै ३ विकेट गुमाएर १ सय ७५ रन बनाएको थियो ।

हैदरावादका लागि मनिस पाण्डे र डेभिड वार्नरले अर्धशतकीय इनिङ्स खेले । पाण्डेले अविजित ८३ रनको योगदान दिए । वार्नर ५७ रनमा आउट भए । विजय शंकरले २६ रन बनाए ।

चेन्नईका हर्बजन सिंहले २ तथा दिपक चाहरले १ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्