राष्ट्रिय खेलकुद :क्रिकेटमा पुलिसले आर्मीलाई ३ रनले हरायो,बिराटनगरका ललितको ३ विकेट

राष्ट्रिय खेलकुद :क्रिकेटमा पुलिसले आर्मीलाई ३ रनले हरायो,बिराटनगरका ललितको ३ विकेट

बाँके । आठौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेटको फाइनलमा दुई विभागीय टिम नेपाल पुलिस क्लब र सशत्र प्रहरीको एपीएफ क्लबबीच प्रतिस्पर्धा हुने भएको छ ।

मंगलबार भएको दोस्रो सेमिफाइनलमा पुलिसले आर्मीलाई ३ रनले पराजित गर्दै फाइनल यात्रा तय गर्यो । पहिलो सेमिफाइनलमा एपीएफले प्रदेश १ लाई ८ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाईसकेको छ । कोहलपुर अन्तराष्ट्रिय क्रिकेट मैदानमा पुलिसले दिएको ८१ रनको लक्ष्य पछाएको आर्मीले १८ ओभरमा अलआउट हुँदै ७७ रन मात्र बनाउन सक्यो ।आर्मीका लागि कुशल मल्लले सर्वाधिक २३ रन बनाए । यस्तै राजु रिजालले १४, हरि कृष्ण झाले ११ रन बनाउदा राजेश पुलामी मगरले १० रन बनाए ।

पुलिसका सागर ढकालले ४ विकेट लिए । यस्तै ललित नारायण राजवंशी र नबिन सिंह थापाले समान ३/३ विकेट लिए ।  यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले २० ओभर खेल्दै ९ विकेट गुमाएर ८० रन बनाएको थियो । पुलिसका लागि अमित श्रेष्ठले २३ रन बनाए । यस्तै दिलिप नाथले ११ रन जोड्दा अन्य खेलाडीले दोहोरो नाका जोड्न सकेनन्  ।

आर्मीका साहब आलमले ३ तथा सोमपाल कामी र सुशन भारीले २/२ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्