ओखलढुङ्गामा भएको औद्योगिक महोत्सवमा १८ करोड आम्दानी

ओखलढुङ्गामा भएको औद्योगिक महोत्सवमा १८ करोड आम्दानी

ओखलढुङ्गा, वैशाख ११ गते ।

ओखलढुङ्गामा भएको औद्योगिक महोत्सवले १८ करोड आम्दानी गरेको छ । उद्योग वाणिज्य सङ्घले आयोजना गरेको ११ दिने महोत्सवमा विभिन्न शीर्षकमा रु १८ करोड रकम उठाएको हो ।
पहिलोपटक जिल्लामा आयोजना गरिएको औद्योगिक महोत्सवमा रु १८ करोडको कारोबार भएको सङ्घका अध्यक्ष ज्ञानेन्द्रकुमार मास्केले बताउनुभयो । गत चैत ३० गतेबाट शुरु भएको ओखलढुङ्गा महोत्सव मङ्गलबार अबेर सकिएको छ । महोत्सवमा स्थानीय जातजातिको वेषभूषा, तामा र फलामका भाडा, ऊनबाट उत्पादित राडी, लम्पट, कृषिजन्य वस्तु, उन्नत जातका पशुवस्तुलगायत विशेष आकर्षणको रुपमा राखिएको थियो ।

जिल्ला सदरमुकाम बजार क्षेत्रमा पहिलोपटक प्याराग्लाइडिङको उडानसमेत गरिएको थियो । महोत्सवमा दैनिक कलाकारको साङ्गीतिक प्रस्तुति प्रदर्शनसमेत गरिएको थियो । (रासस)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्