सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

सुनसरी, वैशाख ११।

पूर्व-पश्चिम राजमार्ग अन्तर्गत सुनसरीको ईनरुवा नगरपालिका-६ घोपाली टोलमा मंगलवार ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । दिउँसो साढे २ बजे पश्चिम तर्फ आउँदै गरेको ना ५ ख १२३६ नम्बरको ट्रकले पूर्व तर्फ जाँदै गरेको को ५ प ५०३३ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा मोटरसाईकल चालक सुनसरी रामधुनी नगरपालिका-१ झुम्का बस्ने बर्ष २६ को उमेश चौधरी र पछाडी सवार उदयपुर गाईघाट नगरपालिका-१३ पुरानो बजार बस्ने बर्ष-२० को संगम राई घाइते भएका थिए । दुर्घटनामा घाइते भएका दुवै जनालाई उपचारको लागि जिल्ला अस्पताल ईनरुवा पठाईएकोमा उपचारको क्रममा मोटरसाईकल चालक चौधरीको सोही अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

अर्का घाइते राईलाई थप उपचारको लागि विराटनगर पठाईएको छ भने ट्रक र चालकलाई प्रहरीको नियन्त्रणमा राखिएको उक्त कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्