आठौं राष्ट्रिय खेलकुद : प्रदेश–१ की अस्मिता राईलाई करातेमा स्वर्ण पदक

आठौं राष्ट्रिय खेलकुद : प्रदेश–१ की अस्मिता राईलाई करातेमा स्वर्ण पदक

दाङ बैशाख ११ ,

प्रदेश–१ की अस्मिता राई र गण्डकी प्रदेशका नवीन रसाइली जारी आठौं राष्ट्रिय खेलकुदअन्तर्गत करातेमा प्रदेशको दबदबा कायमै राख्दा सोमबार स्वर्ण पदक जितेका छन्।

दाङको तुल्सीपुरस्थित करातेको कभर्डहलमा भएको खेलमा नवीनले पुरुष ६७ केजी तौलसमूह र अस्मिताले महिला ५५ केजी तौलसमूहमा स्वर्ण पदक जितेका हुन्। नवीनले फाइनलमा एपिएफकी सुवा घतानीलाई स्तब्ध बनाए। सोही तौलमा प्रदेश–१ का रोजन खड्का र अर्जुनकुमार बाघचनले संयुक्त रूपमा कांस्य पदक जित्न सफल भए। ५५ केजीमा अस्मिताले एपिएफकी सोनी राईलाई हराइन्।

सोही तौलमा पुलिसकी अर्मिला डिसी र त्रिभुवन आर्मीकी सन्ध्या घिसिङले कांस्य पदकमै चित्त बुझाए। पुरुषको ८४ केजीमा नेपाल पुलिसका दिवस श्रेष्ठले स्वर्ण जित्दा एपिएफका भीम तामाङलाई फाइनलमा हराए। सोही तौलमा सुदूरपश्चिम प्रदेशका हेमराज थापा र प्रदेश–५ का नारायण गुरुङले कांस्य पदक जिते।

पुरुषकै ७५ केजीमा नेपाल पुलिसका गंगाराम कुसवारले फाइनलमा प्रदेश–५ का उमेश गुरुङलाई हराउँदै स्वर्ण जितेका छन्। सो तौलमा सुदूरका लोकेश पार्की र एपिएफका मोहम्मद आलमले कांस्य पदक जिते। ६८ केजीमा तौलसमूहमा आर्मीकी शनि तामाङले स्वर्ण जित्न फाइनलमा प्रदेश–३ की निरूपा तामाङलाई हराइन्। उक्त तौलमा एपिएफका रूपा महर्जन र शर्मिला घर्तीमगर कांस्य जित्न सफल भए।(नागरिक)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्