श्रीजासुको खेल यात्रा : कबड्डी देखि कुस्ती सम्म ,दिलाइन प्रदेश १ लाई स्वर्ण पदक

श्रीजासुको खेल यात्रा : कबड्डी देखि कुस्ती सम्म ,दिलाइन प्रदेश १ लाई स्वर्ण पदक

बिराटनगर बैशाख ११ ,

श्रीजासु गिरी नेपाली राष्ट्रिय कबड्डी टिमकी सदस्य हुन् । कबड्डी टिमकी सदस्य भएपनि अहिले जारी आठौं राष्ट्रिय खेलकुदमा उनले कुस्ती खेलबाट स्वर्ण पदक जितेकी छिन । प्रदेश नम्बर १ बाट प्रतिनिधित्व गरेकी उनले ७६ केजी तौलमा स्वर्ण पदक जितेकी हुन् । उनले प्रदेश नम्बर ५ कि लक्ष्मी डीसिलाई हराएर स्वर्ण पदक जितेकी हुन्  । उनले  २ महिना मात्रै भयो कुस्ती खेल्न थालेको।

उमेरले १९ बर्षकी श्रीजासुलाई खेलकुद बाहेक डान्स , अभिनयमा पनि इच्छा रहेको उनि बताउछिन । उनले म्युजिक भिडियो साथै टेली सिरियलमा समेत अभिनय गरेकी छिन ।

हाल उनको बसाई इटहरी भएपनि उनि बिराटनगरको मेरिल्याण्ड कलेजमा बिबिएस पहिलो बर्षमा अध्यानरत रहेकी छिन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्