घुस लिँदै गरेको अवस्थामा इलामबाट दुई जना कर्मचारी पक्राऊ

घुस लिँदै गरेको अवस्थामा इलामबाट दुई जना कर्मचारी पक्राऊ

इलाम, ११ बैशाख । घुस लिँदै गरेको अवस्थामा इलामबाट दुई जना कर्मचारी बुधबार पक्राऊ परेका छन् । ६ हजार रुपैयाँ घुससहित जिल्ला प्रशासन कार्यालय इलामका नायब सुब्बा बिनोद बिसी र युवा स्वरोजगार कार्यक्रमका भानुभक्त आचार्यलाई पक्राऊ गरिएको हो ।

उनीहरुलाई राहदानीको प्रतिलिपि निकाल्ने क्रममा घुस लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरीको टोलीले पक्राऊ गरेको बताइएको छ  ।

बिसी र आचार्यलाई पक्राउ गरी इटहरी पुर्‍याइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्