आईपिएल अपडेट :एबी डिभिलियरसको शानदार प्रदर्शन,बैंगलोरले घरेलु मैदानमा पंजाबलाई हरायो

आईपिएल अपडेट :एबी डिभिलियरसको शानदार प्रदर्शन,बैंगलोरले घरेलु मैदानमा पंजाबलाई हरायो

एजेन्सी । इन्डियन प्रिमियर लिग आईपिएल अन्तर्गत बुधवार राति भएको खेलमा रोयल चैलेन्जर्स बैंगलोरले घरेलु मैदानमा किंग्स इलेवन पंजाबलाई १७ रनले पराजित गरेको छ ।

बैंग्लोरको जितका लागि एबी डिभिलियर्सले शानदार प्रर्दशन गरे । उनले ८२ रनको योगदान दिए भने अर्काे इनिंगमा तीन क्याच गरे । पन्जाबलाई जितका लागि २०३ रनको लक्ष्य थियो तर उस्ले निर्धातिर २० ओभरमा १८५ रन मात्रै बनाउन सक्यो ।

पन्जाबका ओपनर क्रिस गेलले २३, केएल राहुलले ४२, निकोलस पूरनले ४६ र डेविड मिलरले २४ रन बनाए । बेंगलोरका उमेश यादवले ३६ रन दिएर तीन र नवदीप सैनीले ३३ रन दिएर दुई विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिंग गरेको बेंग्लोरले निर्धारित २० ओभरमा ४ विकेट गुमाउदै २०२ रन बनायो । बेंग्लोरका ओपनर पार्थिव पटेलले ४३ एबी डिभिलियर्सले अविजित ८२ र र्माकस स्टोइनिसले पनि अविजित ४६ रन बनाए ।

एबी डिभिलियर्सले ८२ रन मात्र ४४ बलमा ३ चौंका र ७ छक्का प्रहार गर्दै बनाएका थिए । स्टोइनिसल ३४ बलमा २ चौंका र ३ छक्का प्रहार गर्दै २६ रन बनाए । पन्जाबका मोहम्मद शमीले ५३ रन दिएर एक विकेट लिए भने हर्डस विलजोइनले पनि ५१ रन दिएर एक विकेट लिए ।

डिभिलियर्सल फिल्डिंगमा पनि उस्तै प्रर्दशन गरे । उनले क्रिस गेल, डेविड मिलर र निकोलस पूरनलाई क्याच आउट गरे ।

यो जितसँगै बेंग्लोर अन्तिमको दोस्रो स्थान अर्थात ७ औँ स्थानमा पुगेको छ । बेंग्लोरको ११ खेलमा ४ जितका साथ ८ अंक छ । पन्जाब ११ खेलमा ५ जितेर १० अंक सहित पाचौँ स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्