आगलागीका घटना बढ्दै : पाँचथरमा आगलागीबाट ११ लाख बराबरको क्षति

आगलागीका घटना बढ्दै : पाँचथरमा आगलागीबाट ११ लाख बराबरको क्षति

पाँचथर, वैशाख १२।

पाँचथरको कुम्याक गाउँपालिका-५ निगाले बस्ने गहर सिंह बि.क.को घरमा गए राती आगलागी भएको छ । राती २ बजे बिजुलीको तार सर्ट भई आगलागी हुँदा बि.क.को ढुंगा, माटोले बनेको टिनको छानो भएको २ तले घर, भान्सा घर, नगद ५ हजार, डेढ तोला सुन, आधा तोला चाँदी, अन्नपात लगायत सम्पूर्ण सामान जलेर नष्ट हुँदा अन्दाजी ११ लाख मूल्य बराबरको क्षति भएको हो ।

उक्त आगलागी प्रहरी र स्थानीयवासीको सहयोगमा विहान सवा ५ बजे पूर्ण रुपमा नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय यासोकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्