पाँचथरमा आगलागीबाट ११ लाख बराबरको क्षति

पाँचथरमा  आगलागीबाट ११ लाख बराबरको क्षति

पाँचथर,  १२ बैशाख । पाँचथरको कुम्याक गाउँपालिका-५ निगाले बस्ने गहर सिंह बि.क.को घरमा गए राती आगलागी भएको छ ।

बिजुलीको तार सर्ट भई आगलागी हुँदा बि.क. को ढुंगा, माटोले बनेको टिनको छानो भएको २ तले घर,  भान्सा घर, नगद ५ हजार, डेढ तोला सुन, आधा तोला चाँदी, अन्नपात लगायत सम्पूर्ण सामान जलेर नष्ट भएकाे प्रहरीले जनाएकाे छ ।  आगलागीबाट  ११ लाख मूल्य बराबरको क्षति भएको हो ।  आगलागी प्रहरी र स्थानीयवासीको सहयोगमा विहान सवा ५ बजे पूर्ण रुपमा नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय यासोकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्