सुनसरीमा किर्ते हकवालाकाे नाममा जग्गाकाे नामसारी, ५ जना कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

सुनसरीमा किर्ते हकवालाकाे नाममा जग्गाकाे नामसारी, ५ जना कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

धरान, १३ बैशाख। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले किर्ते हकवालाको नाममा जग्गा नामसारी गरेको आरोपमा मालपोत कार्यालय र नापी शाखा धरानका ५ जना कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले मंगलवार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

३ वर्षअघि धरान–१४ स्थित दुई धारे पथमा रहेको खगेन्द्र कुमारीको नाममा देखिएको कित्ता नम्बर ३६ को ११ कट्ठा ५ धुर जग्गालाई किर्ते गरी स्थानीय कर्णबहादुर राईको नाममा नामसारी गरिएको थियो । तत्कालीन मालपोत कार्यालयका प्रमुख फणीन्द्र भट्टराई, नायब सुब्बा डिल्लीराम कोइराला, खरिदार श्यामप्रसाद लो, नापी कार्यालयका सर्वेक्षक योगेन्द्र प्रसाद यादव र किर्ते हकवाला कर्णबहादुर राईविरुद्ध अख्तियारल मुद्दा दायर गरेको हो । सरकारी कागजात सच्याई अनियमितता गरेको पुष्टि भएको अख्तियारले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्