सङ्घीय समाजवादी फोरम नेपाल सुनसरीको अध्यक्षमा भगीरथ खत्वे विजयी

सङ्घीय समाजवादी फोरम नेपाल सुनसरीको अध्यक्षमा भगीरथ खत्वे विजयी

सुनसरी, १३ बैशाख । सङ्घीय समाजवादी फोरम नेपाल सुनसरीको अध्यक्षमा भगीरथ खत्वे विजयी भएका छन् । देवकृष्ण यादवलाई २५ मतको अन्तरले पराजित गर्दै अध्यक्षमा खत्वे चयन भएका हुन् ।

बिहीबार साँझ सम्पन्न भएको मतदानमा अध्यक्षमा खत्वेले २९ मत प्राप्त गरे भने भने उनका निकटतम प्रतिद्धन्दी यादवले चार मत मात्र प्रात गरे ।

त्यसैगरी फोरमको उपाध्यक्षमा सरिफ रैन, सचिवमा रवीन्द्र राई, सहसचिवमा अभिनन्द यादव र कोषाध्यक्षमा सुमित्रा राई चयन भएको पार्टीले जनाएको छ । जिल्ला कार्यसमिति ४८ सदस्य गठन भएको पार्टीले जनाएको छ । अध्यक्ष पदमा निर्वाचन भएको थियो भने अन्य पदमा सहमतिमा पदाधिकारी चयन गरिएको पार्टीका अभिनन्द यादवले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्