काबेली तेस्रो जलविद्युत आयोजनाको निर्माण शुरु, ३ वर्षमा ४ अर्ब ५० करोड लागतमा निर्माण सक्ने

काबेली तेस्रो जलविद्युत आयोजनाको निर्माण शुरु, ३ वर्षमा ४ अर्ब ५० करोड लागतमा निर्माण सक्ने

ताप्लेजुङ, १३ वैशाख। काबेली तेस्रो जलविद्युत आयोजनाको निर्माण कार्य शुरु भएको छ । काबेली हाईड्रोपावर कम्पनीले ताप्लेजुङस्थित काबेली खोलाबाट उत्पादन गर्न लागेको २२ मेगावाट क्षमताको उक्त आयोजनाको निर्माण कार्य बिहीवारबाट शुरु भएको हो ।

विधिवत पुजा गरेर स्काभेटर मेशिनले ईन्टेकमा जाने सडक निर्माण थालनी गरी निर्माण प्रारम्भ गरिएको कम्पनीका जनसम्पर्क अधिकृत याम भण्डारीले जानकारी दिए । आगामी ३ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ थालिएको आयोजनाको कुल लगानी रू. ४ अर्ब ५० करोड रहेको छ ।

सिरिजंघा गाउँपालिकामा निर्माण हुने आयोजनाको ईन्टेक साविकको मामांखे गाविसमा र पावर हाउस पेदाङमा रहने बताइएको छ । साविकका खेवाङ, पेदाङ र सिदिंवा गाउँपालिकाको मेहेले गाविस आयोजना प्रभावित क्षेत्रभित्र परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्