झापाको दमक नगरपालिकामा २७ जना बालबालिकामा कुपोषण

झापाको दमक नगरपालिकामा २७ जना बालबालिकामा कुपोषण

झापा, १३ बैशाख । झापाको दमक नगरपालिकामा २७ जना बालबालिकामा कुपोषण लागेको पाइएको छ। दमकस्थित दमक अस्पतालमा २ दिन गरिएको बालबालिकाहरूको स्वास्थ्य परीक्षणका क्रममा उनीहरूको पहिचान भएको हो।

बैशाख ६ र ७ गते सञ्चालित भिटामिन 'ए' खुवाउने क्रममा सबै स्वयम्सेवीकाहरूलाई कुपोषणको लक्षण देखिएका बालबालिकालाई परीक्षणमा ल्याउन आग्रह गरिएको थियो। सो क्रममा शंका लागिएका बालबालिकाको स्वास्थ्य परीक्षण गर्दा उनीहरूको पहिचान भएको नगरपालिका स्वास्थ्य संयोजक ईन्द्रप्रसाद अर्यालले जानकारी दिए। घर-घरमा पुगेका महिला स्वास्थ्य स्वयम्सेवीकाहरुले १ सय १६ जना बालबालिकाले परीक्षणका लागि आउन आग्रह गरेका थिए।

ती बालबालिकाहरूको स्वास्थ्य परीक्षणका क्रममा १३ जनामा कडा र १४ जनामा मध्यम प्रकारको कुपोषण पाइएको अर्यालले बताए। कुपोषण पहिचान भएकाहरूलाई पोषणयुक्त खाद्य सामग्री प्रदान गरिएको छ। पोषणयुक्त खानेकुरा प्रदानसँगै कडा प्रकारको कुपोषण भएकाहरूलाई ७ दिनमा र मध्यम कुपोषण भएकाहरूलाई १५ दिनमा थप परीक्षणका लागि ल्याउन भनिएको छ। नगरबाट कुपोषण अन्त्यका लागि यो कार्यक्रम सञ्चालन गरिएको र यसलाई निरन्तरता दिइने नगरपालिकाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्