संर्घषपूर्ण जित निकाल्दै धरान फुटबल क्लब मेचीनगर गोल्डकपको क्वाटरफाइलनमा

<span class='c1'>संर्घषपूर्ण जित निकाल्दै धरान फुटबल</span> <span class='c2'>क्लब मेचीनगर गोल्डकपको क्वाटरफाइलनमा</span>

काँकरभिट्टा, १३ वैशाख । धरान फुटबल क्लब संर्घषपूर्ण जित निकाल्दै झापाको काँकरभिट्टामा जारी चौथो मेचीनगर गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । च्यासल युथ क्लब काठमाडौंलाई १-० गोलअन्तरले पराजित गर्दै धरानले अघिल्लो चरणको यात्रा कायमै राखेको हो ।

काँकरभिट्टा माविको खेलमैदान सम्पन्न प्रतिष्पर्धात्मक खेलमा धरानका मिलन राईले गरेको एक मात्र गोल निर्णायक बन्यो । मिलन राईले खेलको दोस्रो हाफको ३५ औँ मिनेट वान भर्सेस वानको स्थितिमा गोल गर्दै टिमलाई जित दिलाए ।

खेलको म्यान अफ दि म्याच निर्णायक गोलकर्ता मिलन राई घोषित भए । उनले नगद ११ हजार रुपैयाँ प्राप्त गरे । शनिवारको खेल आयोजक मेची नेत्रालय फुटबल ट्रनिङ सेन्टर काँकरभिट्टा र संकटा क्लब काठमाडौँबीच हुने आयोजक समितिका अध्यक्ष मिनबहादुर बस्नेतले जानकारी दिनु भयो । प्रतियोगिताको बिजेताले १० लाख १ हजार र उपबिजेताले ५ लाख १ हजार रुपैंयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्