शिक्षक नहुँदा तीन विद्यालय बन्द हुने अवस्थामा

<span class='c1'>शिक्षक नहुँदा तीन विद्यालय</span> <span class='c2'>बन्द हुने अवस्थामा</span>

खोटाङ, १३ बैशाख । शिक्षक नभएका कारण खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका तीन विद्यालय बन्द हुने अवस्थामा पुगेका छन् ।

शिक्षक नहुँदा हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीमा रहेकाे जालन्धर प्रावि, हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवामा रहेकाे बालकन्य प्रावि र डिकुवाकै बरगाछी प्रावि बलुइ चैतदेखि शिक्षकविहीन बनेको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए ।

एक मात्र दरबन्दीमा कार्यरत शिक्षकले चैत ३ गतेदेखि अवकाश पाएपछि जालन्धर प्रावि र बालकन्य प्रावि शिक्षकविहीन बनेको हो । यस्तै, कार्यरत शिक्षक सेवा आयोगमार्फत स्थायीमा नाम निकालेर दाम्ली मावि डिकुवामा सरुवा लिएपछि बरगाछी प्रावि शिक्षकविहीन बनेको श्रोत व्यक्ति नयनकुमार राईले जानकारी दिए । शिक्षक नहुँदा विद्यार्थी भर्ना अभियान र पाठ्यापुस्तक वितरणका काम प्रभावित भएको छ ।

जिल्ला शिक्षा समन्वय इकाईको कार्यालयले स्थायी शिक्षक पठाए पनि रिक्त दरबन्दीमा शिक्षक नपठाउँदा समस्या उत्पन्न भएको मेयर राईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्