जिल्ला प्रशासन कार्यालयकाे गाडीको ठक्करबाट साईकलयात्रीको मृत्यु

<span class='c1'>जिल्ला प्रशासन कार्यालयकाे </span> <span class='c2'>गाडीको ठक्करबाट साईकलयात्रीको मृत्यु</span>

झापा, १४ वैशाख। झापाको कन्काई नगरपालिका-१ दुर्गापुरमा  पिकअप भ्यानको ठक्करबाट १ जना साईकलयात्रीको मृत्यु भएको छ ।  पूर्व-पश्चिम राजमार्गमा पूर्व तर्फ आउँदै गरेको जिल्ला प्रशासन कार्यालय झापाको ६६-१-०४१४ नम्बरको  गाडीले बिपरित दिशाबाट तर्फ जाँदै गरेको साईकलयात्री पाँचथर नागी ६ घर भई हाल कन्काई नगरपालिका-१ कालीमोडामा डेरा गरी बस्ने बर्ष ४० को उमेश हिङमाङलाई ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते भएका हिङमाङलाई उपचारको लागि बि. एण्ड. सी. अस्पताल बिर्तामोड पठाईएकोमा उपचारको क्रममा  मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्