आईपीएल अपडेट : चेन्नई सुपर किंग्समाथि मुम्बई इन्डियन्स ४६ रनले विजयी

<span class='c1'>आईपीएल अपडेट : चेन्नई सुपर किंग्समाथि</span> <span class='c2'>मुम्बई इन्डियन्स ४६ रनले विजयी</span>

इन्डियन प्रिमियर लिग (आईपीएल) को ४४ औं खेलमा चेन्नई सुपर किंग्समाथि मुम्बई इन्डियन्स ४६ रनले विजयी भएको छ । जितको लागि १ सय ५६ रनको लक्ष्य पाएको चेन्नईले १७.४ ओभरमा अल आउट हुँदै १ सय ९ रन मात्रै बनाउन सक्यो ।

यो जितसँगै मुम्बई अंक तालिकामा दोस्रो स्थानमा पुगेको छ । चेन्नईको घरेलु मैदानमा टस हारेर ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ५५ रन बनाएको थियो ।

मुम्बईका लागि ओपनर कप्तान रोहित शर्माले ४८ बलमा ६ चौका र ३ छक्का प्रहार गर्दै ६७ रन बनाए ।Pउनी १७ औं ओभरको दोस्रो बलमा क्याच आउट भए ।

इभिन लुईस अर्का ओपनर ३० बलमा ३ चौका र १ छक्का सहित ३२ रनमै सिमित रहे । हार्दिक पान्ड्याले २३ रन बनाए । त्यस्तै क्विन्टन डी ककले १५ रन बनाए भने कुनाल पान्ड्या चाहि १ रन मै आउट हुन पुगे । काइरन पोलार्डले १३ रनमा अविजित रहे । चेन्नईका मिचेल सान्टनरले २,इमरान ताहिर र दिपक चाहरले समान १ विकेट लिए ।

सुरेश रैनाको कप्तानीमा रहेको चेन्नईका लागि ओपनर मुरली विजयले सर्वोच्च ३५ बलमा ३ चौका र १ छक्कासहित ३८ रन बनाए । उनी १२ औं ओभरको चौथो बलमा क्याच आउट भए ।

शेन वाटशनले ८, सुरेश रैनाले २ रन बनाए भने आम्वाती रायुडु ० रनमै बाहीरिए । केदार जाधव पनि ६ रनमै आउट भए । ड्वेन ब्राभो १७ बलमा २ चौका सहित २० रन बनाएर आउट भए ।

अन्त्यमा दिपक चाहर पनि शुन्य रनमै आउट भए लगातार चेन्नईको पतन भएपछि जितका लागि असक्षम ठहरिएको थियो । हरभजन सिंह १, इमरान ताहिर शुन्य र सान्टनर २२ रन जोड्दै अलआउटको अवस्थामा चेन्नईले हार व्यहोरेको हो ।

मुम्बईका लागि लाथिस मलिङ्गाले ४ विकेट लिए भने जसप्रित बुमराहले २ र कुनाल पान्ड्याले पनि २ विकेट लिए । अनुकुल रोए र हार्दिक पान्ड्या पनि १-१ विकेट लिए ।

यो जितसँगै ११ खेलमा ७ जितेको मुम्बई १४ अंकका साथ अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । १२ खेलमा ८ जितेको चेन्नई शीर्ष स्थानमै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्