डरलाग्दो चट्याङ : झापामा चट्याङ लागेर एक जनाको मृत्यु , एक घाइते

डरलाग्दो चट्याङ : झापामा चट्याङ लागेर एक जनाको मृत्यु , एक घाइते

झापा, वैशाख १४ गते ।

झापाको भद्रपुर नगरपालिका-६ मा गए बिहिबार राति चट्याङ लागेर १ जनाको मृत्यु भएको छ । राती साढे २ बजे सामान्य बर्षा भईरहेको अवस्थामा अचानक चट्याङ खसेर लाग्दा सोही स्थान बस्ने ३२ बर्षीय भीम राजवंशी घाइते भएका थिए । चट्याङ लागेर गम्भीर घाइते भएका राजवंशीलाई उपचारको लागि ओमसाई पाथिभरा अस्पताल भद्रपुर ल्याउने क्रममा बाटोमा नै मत्यु भएको वडा प्रहरी कार्यालय भद्रपुरले जनाएको छ ।

मृतकको शव परिक्षणको लागि मेची अंचल अस्पताल भद्रपुर पठाईएको उक्त कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्