रात्रिकालीन फुटबलको उपाधि कनकाईलाई

रात्रिकालीन फुटबलको उपाधि कनकाईलाई

झापा, १४ बैशाख ।  कनकाई फुटबल क्लबले झापामै पहिलो पटक आयोजित भद्रपुर रात्रिकालीन फुटबल प्रतियोगिताको उपाधि उचालेको छ। न्यु स्टार क्लब खोपबाडीविरुद्ध १–० को रोमाञ्जक जीत निकाल्दै कनकाईले उपाधिमा कब्जा जमाएको हो।

उपाधि हात पारेसँगै कनकाईले नगद एक लाख रुपैयाँ पुरस्कार र शिल्ड हात पार्यो भने उपविजेता बनेका खोपबाडीले ५० हजारमा चित्त बुझायो। भद्रपुर माविको खेल मैदानमा शुक्रबार राति सम्पन्न फाइनलमा खेल अत्यन्त प्रतिस्पर्धात्मक भएको थियो। पहिलो हाफ्को २२औँ मिनेटमा कनकाईले गोल गर्दै अग्रता लिए। कनकाईका जर्सी नम्बर १० का रोहन कार्कीले गोल गर्दै टिमलाई अग्रता दिलाए। कार्कीकै गोल टिमका लागि निर्णायक सावित भयो।

खेलअवधि भर न्यू स्टारले गोल गर्ने राम्रा अवसर पाए पनि सदुपयोग गर्न सकेन। विजेता टिमका गोलकर्ता रोहन प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित भए। भद्रपुर नगरपालिका प्रमुख जीवनकुमार श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत तुलसीबहादुर श्रेष्ठ, वडा नं २ का वडाध्यक्ष भीम सुब्बा, वडा नं ३ की वडाध्यक्ष कमला थुलुङ, वडा नं ५ का वडाध्यक्ष बन्धु कार्कीलगायतले विजेता तथा उपविजेता टिमलाई शिल्ड र प्रमाणपत्र वितरण गरेका थिए। पहिलो र दोस्रो पुरस्कार भद्रपुर नगरपालिकाले व्यवस्था गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्