सुनसरीको ईनरुवामा बस दुर्घटना, ६ जना घाईते

सुनसरीको ईनरुवामा बस दुर्घटना,  ६ जना घाईते

सुनसरी, १४  बैशाख  । सुनसरीको ईनरुवा नगरपालिका-२ महेन्द्र चौक नजिकै बस दुर्घटना हुदा ६ जना घाईते भएका छन । आज बिहान  पूर्व-पश्चिम राजमार्गमा काठमान्डौबाट काकडभिट्टा तर्फ आईरहेको ना ७ ख ७४४३ नम्बरको यात्रुबाहक बसलाई सोहि दिशाबाट आईरहेको (नारायणघाट-काकडभिट्टा) ना ८ ख २५४० नम्बरको यात्रुबाहक बसले पछाडी बाट कुदिरहेकै अबस्थामा ठक्कर दिएको थियो ।

ठक्कर दिने बसमा सवार सखुवासभाको चैनपुर घर भएका २६ बर्षिय रमला बराईली, नवलपरासी देउराली नगरपालिका-१६ बस्ने ४० बर्षिय केशब सिक्देल, पाँचथर थालुङगा गाउँपालिका-२ बस्ने ३० बर्षिय स्नीहा लिम्बु, मकवानपुर नारी गाउँपालिका-९ बस्ने ५० बर्षिय दिपक अधिकारी, निजगढ नगरपालिका-५ बस्ने २५ बर्षिय रबि अधिकारी र भरतपुर-११ नारायणघाट बस्ने २६ बर्षिय रबिन उपाध्यय घाईते भएका छन । घाईते सबैको जिल्ला अस्पताल ईनरुवामा उपचार भईरहेको छ भने दुबै गाडी र चालकहरुलाई अस्थायी प्रहरी पोष्ट सखुवागाछिले  नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्