उदयपुरमा नदी दोहन अत्याधिक, स्थानीय तह रमिते

उदयपुरमा नदी दोहन अत्याधिक, स्थानीय तह रमिते

उदयपुर,१४ बैशाख  ।  उदयपुरमा नदी दोहन अत्याधिक बढेको छ । विशेष गरेर चौदण्डीगढी नगरपालिका यसको मारमा परेको हो ।

चौदण्डीगढी नगरपालिकामा पर्ने द्वार,लामा,माडिबास, काली,ज्यामिरे खोला र त्रियुगा नदीमा मापदण्ड बिपरित नदीजन्य बस्तु उत्खनन् गरिएको हो ।

मदन भण्डारी लोक मार्ग धरान–चतरा–गाइघाट– कटारी –सिन्धुली हुलाकी लोकमार्ग र नदीजन्य बस्तुको उत्खनन् संकलन तथा तथा बेचबिखनका लागि नगरपालिकाबाट ठेक्का लिएका ठेकेदार पक्षबाट मापदण्ड बिपरित कार्य भएको हो ।

प्रारम्भिक वातावरणीय परीक्षण प्रतिबेदनले यी खोला नदीबाट हात र सामान्य कुटो ,कोदालो, सावेल ,डोको जस्ता औजारले संकलन गर्ने भनिए पनि ह्याबी इकुमेण्ट चेनवाला स्काभेटरबाट उत्खनन् गरिएको स्थानीयले बताए ।

ढुङ्गा १९ हजार, गिटी ५५ हजार, बालुवा २३ हजार घनमिटर परिणाममा उत्खनन् गर्ने गरी नगरपालिकाले २०७५ साल असोज ९ गते ढुङ्गाा ,गिटी ,बालुवाको स्थानीय तहसको निकासी शुल्क संकलन गर्ने ठेक्का बस्दोबस्ती सुचना प्रकाशन गरेको थियो ।

तोकिएको भन्दा तेब्बर बढी परिमाणमा नदीजन्य बस्तु उत्खनन् भएको पाइएको छ । न्युनतम २४ सेन्टिमिटर देखि अधिकतम ९० सेन्टिमिटरसम्म गहिराइ गरेर उत्खनन् गर्न सकिने प्रतिबेदनमा लेखिए पनि १ मिटर देखि ३ मिटरसम्म गहिराइबाट उत्खनन् गरिए पनि स्थानिय तह मौन छ ।

नदीजन्य बस्तुको उत्खनन् सबैभन्दा ठुलो मार चौदण्डी गढी नगरपालिकाको केन्द्र अन्तर्गत बेलटारको पश्चिमतर्फ रहेको द्धारखोला परेको छ । प्रत्येक बर्षको दोहनका कारण पानीका मुहान सुक्ने ,भूक्षय र बनजंगलमा पहिरो जाने समस्या बढेको छ । यसका कारण बर्षेनी पहाडि क्षेत्र चौदण्डी र सिद्दिपुरका बासिन्दा बसाइ सराइ गर्न बाध्य छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्