ईटहरीको कान्छी चोकबाट ८ जना जुवाडे समातिए

ईटहरीको कान्छी चोकबाट ८ जना जुवाडे समातिए

सुनसरी, वैशाख १५ ।

सुनसरीको ईटहरी उप-महानगरपालिका-१६ कान्छी चोक स्थित जाल्पा पेट्रोल पम्प नजिकबाट प्रहरीले शनिवार ८ जना जुवाडेलाई पक्राउ गरेको छ ।

स्थानीय दुर्गा प्रसाद कोइरालाको घरमा तास खेलाई रहेको भन्ने गोप्य सूचनाको आधारमा अपरान्ह सवा ४ बजे कोइराला सहित सोही स्थान बस्ने राम बहादुर धिमाल, बिदुर दुलाल, ईटहरी-१७ बस्ने राजेश अधिकारी, बम बहादुर ढकाल, रुव बहादुर रजान मगर, ईटहरी-८ बस्ने अमित श्रेष्ठ, बराह नगरपालिका-५ बस्ने उत्तम मगरलाई पक्राउ गरेको हो ।

प्रहरीले उक्त स्थानबाट तास ३ बुक, नगद ८० हजार ६ सय ८० रुपैयाँ, म्याट-१ थान र गलैचा १ थान बरामद गरेको छ । सो सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्