खोटाङमा चट्याङ लागेर एक जनाको मृत्यु, १ घाइते

खोटाङमा चट्याङ लागेर एक जनाको मृत्यु, १ घाइते

खोटाङ, वैशाख १५ गते ।

खोटाङको रावावेशी गाउँपालिका-३ लेखर्कमा शनिवार चट्याङ लागेर १ जनाको मृत्यु भएको छ । बेलुका पौने ७ बजे बर्षासंगै खसेको चट्याङ लागेर सोही स्थान बस्ने बर्ष ४५ की कमला श्रेष्ठ गम्भीर घाईते भई उपचारको लागी स्वास्थ्य चौकी लामिडाँडा लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

घटनास्थलमा प्रहरी टोली खटि गई कानूनी प्रकृया पश्चात शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल खोटाङ पठाईएको उक्त कार्यालयले जनाएको छ । साथै चट्याङबाट सोही स्थान बस्ने शिव श्रेष्ठ को छोरी बर्ष १८ की धन कुमारी श्रेष्ठ समेत घाइते भई लामीडाँडा स्वास्थ्य चौकीमा उपचार भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्