आज विश्व नृत्य दिवस विभिन्न कार्यक्रम गरी नेपालमा पनि मनाइँदै

<span class='c1'>आज विश्व नृत्य दिवस विभिन्न</span> <span class='c2'>कार्यक्रम गरी नेपालमा पनि मनाइँदै</span>

काठमाडौँ, वैशाख १६ गते ।

विश्व नृत्य दिवस विभिन्न कार्यक्रम गरी नेपालमा पनि सोमबार मनाइँदैछ । अन्तर्राष्ट्रिय तथा विश्व नृत्य दिवस अङ्ग्रेजी पात्रोअनुसार हरेक वर्ष अप्रिल महिनाको २९ तारिखमा पर्छ ।
नृत्य निर्देशक संघका उपाध्यक्ष सञ्जय राजोपाध्यायले भन्नुभयो, “नेपालमा पनि नृत्यकलाको संस्कृति, परम्परा एवं संस्कार विकसित भएको छ ।” नृत्य कलालाई उचित सम्मान, त्यसप्रति मानिसको ध्यानाकर्षण तथा चेतना अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न कार्यक्रम गरी विविध नृत्यकला प्रदर्शन गरी यो दिवस मनाइने उहाँले जानकारी दिनुभयो ।

यस्तै अभिनेत्री तथा नृत्याङ्गना मिथिला शर्माले नृत्य भनेको कला मात्र नभएर स्वास्थ्यको हिसाबले पनि राम्रो हुन्छ भन्नुभयो ।
संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संघ युनेस्कोसँग सहकार्य गरेको इन्टरनेशनल थिएटर इन्ष्टिच्युटको अन्तर्र्रा्ष्ट्रिय नृत्य समितिले सन् १९८२ मा पहिलो पटक यो दिवस मनाएको थियो । त्यसपछि अन्तर्रा्ष्ट्रिय नृत्य परिषदले दिवसको प्रवद्र्धन गरेको हो । कार्यक्रममा नेपाल म्युजिक सेन्टर ट्रष्टले दिवसमा नृत्य कलाकार बेटी बज्राचार्यलाई सम्मान गर्ने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्