सप्तरीमा मोटरसाइकलले साइकल यात्रीलाई ठक्कर दिदा एक वृद्धको मृत्यु

सप्तरीमा मोटरसाइकलले साइकल यात्रीलाई ठक्कर दिदा एक वृद्धको मृत्यु

राजविराज, वैशाख १६।

सप्तरीको खडक नगरपालिका ४ स्थित मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ ।
पूर्व पश्चिम लोकराजमार्ग अन्तर्गत सो खण्डमा मोटरसाइकलले साइकल यात्री स्थानीय ७० वर्षीय विन्देश्वर साहलाई पछाडिबाट ठक्कर दिदा मृत्यु भएको प्रहरीले जनाएको छ । पश्चिमबाट पूर्व तर्फ जादै गरेको स ५ प ८३६१ नं. मोटरसाइकलले सोही दिशा तर्फ जादै गरेको वृद्धलाई ठक्कर दिएका हो ।

ठक्करबाट घाइते साहलाई उपचारको लागि विराटनगर तर्फ लैजादै गर्दा आइबार साँझ बाटैमा मृत्यु भएको हो । मोटरसाइकल चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्