संखुवासभामा जब मण्डपबाटै बेहुला-बेहुलीसहित ४ जना समातिए , कारण यस्तो !

संखुवासभामा जब मण्डपबाटै बेहुला-बेहुलीसहित ४ जना समातिए , कारण यस्तो !

संखुवासभा बैशाख १६ , 

विवाह गर्न लागेका एक जोडी विवाह मण्डपबाटै पक्राउ परेका छन्। खाँदबारी नगरपालिका–६ तल्लो पांठाबाट प्रहरीले बेहुला–बेहुलीसहित ४ जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा बेहुला ३६ वर्षीया जितबहादुर तामाङ बुवा कैलाशपति तामाङ, बेहुली जानुका तामाङ उनको बुवा तीर्थ तामाङ रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक सन्तोश राईले जानकारी दिए।

बाजा–गाजासहित विवाह गर्न लागेका जोडीलाई प्रहरीले विवाह मण्डपबाटै पक्राउ परेको हो। बाल विवाह हुँदै गरेको सूचना पाएलगत्तै प्रहरी टोली पांठा पुगेको थियो। पक्राउ परेका ४ जनालाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 


यता बेहुली पक्षले जानुका २०५६ साल बैशाख ३ गते जन्म भएको विवाह गर्न उमेर पुगेको बताएको छ। पक्राउ परेकी बेहुली १८ वर्ष पुगे नपुगेको जन्म दर्ताको खोजी नगरपालिका गरे पनि पुरानो डाटा अहिलेसम्म नभेटिएको वडा अध्यक्ष दयानिधि बरालले जानकारी दिए। उनले हामी जानुकाको जन्मदर्ताको खोजी गरे पनि नगरमा नभेटिएकाले माथिल्लो निकायको मन्त्रालयमा खोजी गर्ने आग्रह गरेको बताए। मण्डपबाटै बेहुला-बेहुला पक्राउ परेको जिल्लामा यो पहिलो घटना हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्