सप्तरीका एक वडाध्यक्ष घुस लिँदै गर्दा रंगेहात समातिए

सप्तरीका एक वडाध्यक्ष घुस लिँदै गर्दा रंगेहात समातिए

सप्तरी बैशाख १६ . काम गराइदिने भन्दै सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा सप्तरीका एक वडाध्यक्ष रंगेहात पक्राउ परेका छन् ।

सोमवार बिहान अख्तियारको टोलीले सुरुङा नगरपालिका–५ का वडाध्यक्ष सिल्टु मियाँलाई पक्राउ गरेको हो । मियाँले सुरुङा–५, कुसहाका एक सेवाग्राहीसँग काम मिलाइदिने भन्दै रु २५ हजार लिंदै गर्दा अख्तियारको टोलीले रंगेहात पक्राउ गरेको हो । पक्राउपछि उनीमाथि आवश्यक अनुसन्धान शुरु गरिएको छ ।

मियाँ स्थानीय तहको निर्वाचनमा तत्कालीन नेकपा एमालेको तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका थिए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्