धनकुटामा प्रदेश १ स्तरीय महिला भलिवल प्रतियोगिता हुँदै

धनकुटामा प्रदेश १ स्तरीय महिला भलिवल प्रतियोगिता हुँदै

धनकुटा, १६ बैशाख । धनकुटामा भोलीबाट प्रदेश न १ स्तरिय महिला भलिबल प्रतियोगिता हुने भएको छ । प्रदेश न १ सरकार सामाजीक विकास मन्त्रालयले आयोजान गरेको प्रतियोगिता बैशाख २१ गतेसम्म संचालन हुने स्थानीय संयोजक समितीले सोमबार धनकुटामा पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ ।

प्रतियोगितामा प्रदेश नं. १ का १४ वटै जिल्लाका जिल्ला खेलकुद विकास समितिको प्रतिनिधित्व गर्दै १ सय ५४ जना खेलाडी र अफिसियल सहभागी हुने र प्रतियोगितामा प्रथम हुने टोलीले १ लाख नगद सहित शिल्ड प्राप्त गर्ने छ भने दोस्रो हुने टोलीले नगद ५० हजार प्राप्त गर्ने छ ।

व्यक्तिगत विधा तर्फ उत्कृष्ठ हुने खेलाडीलाई नगद ५ हजारको दरले पुरस्कृत गरिने स्थानीय आयोजकले जानकारी दिएको छ । खेल सम्पन्न गर्न करिब २६ लाख लाग्ने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्