सुनसरीको चतरामा जारी कुम्भ मेलालाई संघीय सरकारले बेवास्ता गरेको आरोप

सुनसरीको चतरामा जारी कुम्भ मेलालाई संघीय सरकारले बेवास्ता गरेको आरोप

सुनसरी, १७ बैशाख ।
सुनसरीको बराहक्षेत्रमा जारी अर्धकुम्भ मेलालाई संघीय सरकारले बेवास्ता गरेको गुनासो कुम्भमेला व्यवस्थापन समितिले गरेको छ ।
कुम्भ मेलाको उद्घाटन गर्न राष्ट्रपति आउने भनिए पनि नआएको बताउँदै समितिले अहिलेसम्म संघीय सरकारको उपस्थिति नहुनुले बेवास्ता गरेको अनुभूति भएको बताएको हो । अहिलेसम्म संघीय सरकारका प्रधानमन्त्री, मन्त्रीहरु कोही नआएको भन्दै कुम्भमेलालाई प्राथमिकतामा नराखेको कुम्भमेला आयोजक समितिका महासचिव प्रल्हाद भट्टराईले बताए ।
यसभन्दा अगाडि लगाएका कुम्भ मेलामा राष्ट्रपति, प्रधानमन्त्री तथा मन्त्रीहरु आएको भन्दै अहिलेको सरकारले बेवास्ता गरेको बताएका हुन् ।

अहिलेसम्म २५ लाख व्यक्तिहरुले अर्धकुम्भ मेला सहभागी भएको पनि उनले जानकारी दिए ।
कुम्भको समय कौशिकी नदी अर्थात सप्तकोशीमा स्नान गरेर बराह र पिण्डेश्वरको दर्शन गरे पुण्य प्राप्ति हुने विश्वास छ । देवताहरुले अमृत पिएर त्यसबाट बचेको तरबाट धरानको पिण्डेश्वरमा शिवलिंग स्थापना भएको विश्वास गरिन्छ । त्यसैले भारतको ४ ठाउँको कुम्भभन्दा यहाँ लाग्ने पिण्डेश्वर महाकुम्भको महत्व बढी भएको धर्मगुरुहरुको भनाइ छ ।

सुनसरीको बराहक्षेत्रस्थित चतराधाममा नेपालका प्रथम जगतगुरु बालसन्त मोहनशरण देवाचार्यको पहलमा नेपालमै दोस्रो पटक अर्धकुम्भ मेला लागिरहेको छ । हिन्दु धर्मअनुसार अमृतको थोपा खसेको भारतको ४ स्थानमा प्रत्येक १२ बर्षमा महाकुम्भ स्नानको मेला लाग्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्