मेची भन्सारले लक्ष्य भेट्टाउन सकेन, ९ महिनामा ६० प्रतिशत मात्र राजश्व संकलन

मेची भन्सारले लक्ष्य भेट्टाउन सकेन, ९ महिनामा ६० प्रतिशत मात्र राजश्व संकलन

झापा, १७ बैशाख ।
मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा ६० दशमलव ५१ प्रतिशत मात्र राजस्व संकलन गर्न सफल भएको छ ।

चालु आर्थिक वर्ष सकिन तीन महिना मात्र बाँकी रहँदा चैतसम्मको असुली ७ अर्ब ७६ करोड ११ लाख रूपैयाँ रहेको छ ।
चैतसम्मको लक्ष्य ९ अर्ब २३ करोड ४७ लाख राखिएको थियो । आर्थिक वर्ष २०७४÷ ७५ मा मेची भन्सार कार्यालयलाई ९ अर्ब २० करोड रूपैयाँ राजस्व संकलनको लक्ष्य दिइएको थियो । जसमा लक्ष्यभन्दा बढी १० अर्ब १८ करोड २७ लाख राजस्व संकलन भएको थियो ।
आर्थिक बर्ष २०७३÷७४ को तुलनामा ५६ प्रतिशतले राजस्व वृद्धि भएको थियो । भन्सार कार्यालयबाट नियमित आयात हुने कोइला, क्लिंकर र इन्धनको आयात घटेकाले राजस्व संकलन लक्ष्यअनुसार हुन नसकेको कार्यालयका प्रमुख टेकबहादुर अर्यालले बताए ।
भारतबाट नेपालमा आयात हुँदै आएका कोइला, क्लिंकर र इन्धनको आयात घटेको छ । भारतमा खानी बन्द हुँदा मेघालय र असामबाट नेपाल आयात हुने पत्थर कोइला, क्लिंकर र इन्धनको आयात घटेको अर्यालले बताउनुभयो । राजस्व संकलनमा सबैभन्दा धेरै योगदान पु¥याउँदै आएका ती वस्तुको आयात ठप्प भएकाले राजस्व संकलनमा गिरावट आएको भन्सार कार्यालय काँकडभिट्टाले जनाएको छ ।
आव २०७५÷७६ को चैतसम्म आयात भएका प्रमुख वस्तुमा पेट्रोलियम पदार्थ २७ प्रतिशत छ । यस्तै कोइला १० प्रतिशत, क्लिंकर ९ प्रतिशत, जुस ५ प्रतिशत,अन्य वस्तु ४५ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०७५÷७६ मा मेची भन्सारले १२ अर्ब ८२ करोड ६१ लाख रूपैयाँ राजस्व संकलनको लक्ष्य लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्