सुनसरीमा नागरिकता बनाई दिने भन्दै १० हजार लिने पक्राउ

सुनसरीमा नागरिकता बनाई दिने भन्दै १० हजार लिने पक्राउ

सुनसरी, १७ वैशाख । सुनसरीको ईनरुवा नगरपालिका-३ मा नागरिकता बनाई दिने आश्वासन देखाउँदै १० हजार लिदै गरेको अवस्थामा प्रहरीले साेमबार एकजनालाई  पक्राउ गरेको छ । जिल्ला प्रशासन कार्यालय अगाडी  ईटहरी उप-महानगरपालिका-९ बस्ने ४६ बर्षीया देवी मण्डललाई नागरिकता बनाई दिने भन्दै ईनरुवा-१ का लेखापढी व्यवसायी गर्ने चेत प्रसाद अधिकारीलाई पक्राउ गरेको हो । पक्राउ परेका अधिकारीलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखि थप अनुसन्धान भईरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्