पोल्यान्डका पर्यटकको खुम्बुमा लेक लागेर मृत्यु

<span class='c1'>पोल्यान्डका पर्यटकको खुम्बुमा</span> <span class='c2'>लेक लागेर मृत्यु</span>

सोलुखुम्बु, १८ बैशाख । खुम्बुपासाङल्हामु गाउँपालिकामा एकजना विदेशी पर्यटको मृत्यु भएको छ। ट्रेकिङका लागि लुक्ला आएका पोल्यान्डका स्मिडोडा मेकिज फ्रान्सजेकको  लेक लागेर मृत्यु भएको हो।

पोल्याण्डबाट खुम्बु भ्रमणमा आएका ४६ वर्षीय फ्रान्सजेकको खुम्बुपासाङल्हामु गाउँपालिका ४ लबुचेमा मृत्यु भएको प्रहरीले जनाएको छ। मदर अर्थ होटलमा बास बेसेका उनको लेक लागेर होटलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख प्रहरी नायव उपरीक्षक सालिग्राम शर्माले जानकारी दिए।   उनको शवलाई हेलिकप्टरबाट लुक्ला ल्याएर कानुनी प्रक्रिया पुरा काठमाडौंस्थित शिक्षण अस्पताल महाराजगन्ज पठाइएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्