सिरहामा यस्तो घटना : बिवाहको तेस्रो महिनामै युवती मृत फेला, दाइजो कारण हत्या भएको आशंका

सिरहामा यस्तो घटना : बिवाहको तेस्रो महिनामै युवती मृत फेला, दाइजो कारण हत्या भएको आशंका

सिरहामा एक महिलाको मृत्यु भएको छ । सिरहा नगरपालिका–१४ खिरौनाकी २१ वर्षीया मनिषाकुमारी मण्डल ओछ्यानमै मृत भेटिएकी हुन् ।

उनी गत फागनु १७ गते रामेश मण्डलसँग विवाह सम्बन्धमा गासिँएकी थिइन् । विहेका बेला दिएको दाइजो कम भएको भन्दै सासु तारा मण्डलले मनिषालाई पटक–पटक शारीरिक यातना तथा कुटपिट गर्दै आएको माइतीपक्षले आरोप लगाएका छन् ।

शुक्रवार बिहान आफ्नै घरको ओछ्यानमा उनी मृत अवस्थामा भेटिएकी हुन् । शव परीक्षणका लागि जिल्ला अस्पताल सिरहा ल्याइएको छ ।

हत्या हो वा आत्महत्या त्यस सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिएको छ । यता स्थानीयवासीले समेत घरपरिवारकै सदस्यबाट मनिषाको हत्या भएको हुनसक्ने आशंका गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्