आइसीसी टी २० क्रिकेटको विश्व वरियतामा जिम्बाबेलाई पछि पार्दै नेपाल ११ औं स्थानमा

आइसीसी टी २० क्रिकेटको विश्व वरियतामा जिम्बाबेलाई पछि पार्दै नेपाल ११ औं स्थानमा

आइसीसी टी २० क्रिकेटमा नेपाल तीन स्थानमा माथि उक्लिएको छ । १४ औं स्थानमा रहेको नेपालले आइरल्यान्ड र जिम्बाबेलाई पछि पार्दै ११ स्थानमा उक्लेको हो । १४ औं वरियतामा रहेको नेपालले गत माघमा युएईसँग भएको ३ खेलको ट्वान्टी ट्वान्टी सिरिज जितेपछि नेपालले ३ स्थान सुधार गर्दै ११ औं स्थानामा पुगेको हो ।

युएईविरुद्धको ३ खेलकै एकदिवसिय श्रृङ्खला पनि जितेको नेपाल एक दिवसीय वरीयतामा भने नेपाल १४ औं स्थानमा यथावत छ । आइसीसीले जारी गरेको वरियताक्रमको पहिलो नम्बरमा पाकिस्तान, दोस्रोमा दक्षिण अफ्रिका र तेस्रोमा इङल्यान्ड छन् ।

नेपालपछि स्कटल्याण्ड १२ औं, जिम्वावे १३ औं नेदरल्याण्ड १४ औं, आयरल्याण्ड १५ औं र युएई १६ औं स्थानमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्