सुनसरीका कुसियतले दिए एनसीसी अमेरिकको युथ कोर्डिनेटरमा उम्मेदवारी

सुनसरीका कुसियतले दिए एनसीसी अमेरिकको युथ कोर्डिनेटरमा उम्मेदवारी

विराटनगर, २१ बैशाख ।
सुनसरीका प्रितम कुसियत अमेरिकामा छन् । उनले गैर आवासीय नेपाली संघ(एनआरएन) एनसीसी अमेरिकको युथ कोर्डिनेटरमा उम्मेदवारी दिएका छन् । मे महिनाको १८ र १९ तारिखमा हुने निर्वाचनमा युरोप तथा मध्य पुर्वका देशहरुमा फैलिएको गैर नेपाली संघ (एनआरएन)का सदस्यले युथ कोर्डिनेटरका लागि निर्वाचित गर्नेछन् ।

युएसए आईटी कर्पोरेशनको संचालक रहेका प्रितम कुसियतले एनसीसी अमेरिकको युथ कोर्डिनेटरमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । युथ कोर्डिनेटरका प्रत्यासी कुसियतले एनआरएनको छविलाई थप बलियो बनाउन उम्मेदवारी दिएको बताए । उनले अहिलेसम्म पुरा हुन नसकेको कार्यलाई पुरा गर्नका लागि र एनआरएनको सामाजिक सहभागीता बृद्धि गर्नका लागि आफ्नो भुमिका रहने दाबी गरे ।
अमेरिका भरीका युवालाई मुल धारमा ल्याउनका लागि आफुले सक्दो सहयोग गर्ने घोषणा गरेका कुसियतले सबै तह तप्कालाई समेटेर एनआरएनलाई नयाँ उचाई थप्ने काममा लाग्ने बताएका छन् । एनसीसी युवाहरुको संस्था भएकोले यसलाई विवाद मुक्त बनाउने आफ्नो भुमिका हुने समेत चुनावी एजेण्डा अघि सारेका छन् ।
सुनसरीबाट अमेरिका पुगेका कुसियतले धेरै नेपालीलाई रोजगारी समेत प्रदान गर्दै आएका छन् । नेपालीले बिदेशमा केही गर्न सक्दैनन् भन्ने कुरालाई चिर्दै अघि बढेका युवा उद्यमी कुसियत अमेरिकाको सिकागो सहरमा बस्दै आएका छन् । उनले युनाईटेड नेप्लीज एसोसियसनमा युएनए मिड वेस्ट रिजनल कोर्डिनेटरको अनुभव समेत बटुलिसकेका छन् । एनसीसी युथ कोर्डिनेटरमा उम्मेदवारी दिएका कुसियतको मूख्य उदेश्य भनेको अमेरिकामा रहेका युवाहरुलाई मुलधारमा ल्याउनु रहेको बताएका छन् । सुनसरीको कोशी गाउँपालिकामा घर भएका कुसियत सन् २००८ मा अमेरिका गएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्