‘प्रथम इलाम आमन्त्रित भलिवल प्रतियोगिता २०७६’ हुने

‘प्रथम इलाम आमन्त्रित भलिवल प्रतियोगिता २०७६’ हुने

ईलाम, २२ बैशाख ।
इलाममा आगामी २६ गतेबाट ‘प्रथम इलाम आमन्त्रित भलिवल प्रतियोगिता २०७६’ हुने भएको छ । जिल्ला भलिवल संघ इलामको आयोजनामा २९ गतेसम्म प्रतियोगिता हुने भएको हो ।
प्रतियोगितामा देशभरका १० टीमको सहभागिता रहने वताइएको छ । प्रतियोगिताको प्रथम हुने टीमलाई नगद १ लाख ५१ हजार सहित ट्रफी मेडल र प्रमाण पत्र वितरण गरिने वताइएको छ । त्यस्तै द्धितिय हुने टीमलाइ नगद ८१ हजार सहित ट्रफी मेडल र प्रमाण पत्र वितरण गरिने आयोजक जिल्ला भलिवल संघ इलामका अध्यक्ष डाकप्रसाद गौतमले जानकारी दिए ।
प्रतियोगिता सम्पन्न गर्न करिव १४ लाख खर्च हुने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्