इँटाको विकल्पमा झापामै पहिलो पटक सिएलसी ब्रिक उत्पादन सुरु

इँटाको विकल्पमा झापामै पहिलो पटक सिएलसी ब्रिक उत्पादन सुरु

विराटनगर, २२ बैशाख ।
इँटाको विकल्पमा झापामै पहिलो पटक सिएलसी ब्रिक उत्पादन सुरु गरिएको छ ।
युवा उद्यमीहरु दीपबहादुर श्रेष्ठ, दिपेन्द्रकुमार कार्की, सञ्जय श्रेष्ठ, अनुषा बाँनिया लगायतको सामूहिक साढे २ करोड लगानीमा भद्रपुर ७ स्थित डाँफे चोक नजिकै लक्ष्य ब्रिक एण्ड मेटल उद्योग सञ्चालनमा ल्याएका हुन ।

सिएलसी ब्रिकसँगै यस उद्योगले भुई तथा आगनमा लगाउने पभर ब्लक समेत उत्पादन गर्दै आइरहेको जनाइएको छ । भु–विनाशलाई रोकथाम गर्ने उद्देश्यका साथ आधुनिकस्तरको मेसिनरी उपकरण प्रयोग गरी इँटाको विकल्पमा यस किसिमको उद्योग सञ्चालनमा ल्याएको उद्योगका निर्देशक दिपबहादुर श्रेष्ठले जानकारी दिए ।
विदेशी मुलुकहरुमा अहिले घर तथा ठूलठूला भवन बनाउँदा इँटाको विकल्पमा सिएलसी ब्रिक नै प्रयोग गर्न थालेको र भविष्यमा नेपालमा पनि ब्रिकको माग उच्च हुने अनुमानका साथ यस उद्योग सञ्चालनमा ल्याएको लगानीकर्ता सञ्जय श्रेष्ठले बताऐ । सिएलसी ब्रिक तीन प्रकारको र पभर ब्लक ११ प्रकारको उत्पादन भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्