आइपीएल अपडेट : आज अन्तिम लिग चरणका खेल , प्लेअफमा पुग्ने चौथो टिम आज टुंगो लाग्ने

आइपीएल अपडेट : आज अन्तिम लिग चरणका खेल , प्लेअफमा पुग्ने चौथो टिम आज टुंगो लाग्ने

काठमाडौं, वैशाख २२ ।

इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा लिग चरणका खेलहरु आइतबार (आज) सकिँदैछन् ।

आजका खेलहरुपछि ‘प्लेअफ’मा पुग्ने चौथो तथा अन्तिम टोलीको टुंगो लाग्नेछ । आज किंग्स इलेभेन पन्जाब र चेन्नाई सुपर किंग्स भिड्दा मुम्बई इन्डियन्सले कोलकाता नाइट राइडर्ससित खेल्नेछ ।

यसअघि, शनिबार रातिको खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरसित पराजित भएपछि सनराइजर्स हैदरावादको प्लेअफमा पुग्ने सम्भावना कमजोर भएको छ ।

खेलमा बैंग्लोरले हैदरावादलाई ४ विकेटले हराएको हो ।

दिल्ली विजयी

शनिबारकै पहिलो खेलमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई ५ विकेटले हराएको थियो । यो जितसँगै दिल्लीले फाइनल क्वालिफायरमा पुग्ने सम्भावना बलियो पारेको छ ।

लिगमा १४ खेलबाट १८ अंक जोडेको दिल्ली दोस्रो स्थानमा छ । एक खेल कम खेलेको चेन्नाई समान १८ अंकसहित शीर्ष स्थानमा रहेको छ ।

१३ खेल नै खेलेको मुम्बई १६ अंकसहित तेस्रो स्थानमा रहँदा चौथो स्थानको हैदरावाद र पाँचौं स्थानको कोलकाताको समान १२ अंक छ । हैदरावादले लिग चरणका सबै खेल खेलिसकेको छ भने कोलकाताले एक खेल खेल्न बाँकी छ ।

आजको खेलमा मुम्बईलाई पराजित गरेको खन्डमा वा अंक बाँडेको अवस्थामा पनि कोलकाता प्लेअफ चरणमा पुग्नेछ भने हैदरावाद लिग चरणबाटै बाहिरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्